मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । कोरोना महामारी फैलिँदै गएको बेला त्यसको रोकथाम र नियन्त्रणसम्बन्धी निर्णय गर्दै शनिबारको बैठक सकिएको हो । बैठकले राजनीतिक महत्वका केही निर्णय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन ।

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार कोरोना संक्रमितको उपचारका साथै रोग नियन्त्रणमा सबै अधिकतम स्रोत प्रयोग गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले अक्सिजनको माग पूरा गर्नेगरी लागिपर्ने, आईसीयू भेन्टिलेटरको संख्या बनाउने, अस्थायी कोभिड अस्पताल बनाउन लागिपर्ने जस्ता निर्णय पनि गरेको छ।  चीनबाट ल्याउन लागिएको अक्सिजनको सिलिन्डर आएपछि बजारमा भएको अभाव पूर्ति गर्न केही सहज हुने विश्वास पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले पछिल्लो परिस्थितिबारे सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट ब्रिफिङ लिएका थिए भने आफूले पनि धारणा राख्दै नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।