मध्यरातमा ओली-नेपालबीच भद्र सहमति: राष्ट्रपति भण्डारी साक्षी

मध्यरातमा ओली-नेपालबीच भद्र सहमति: राष्ट्रपति भण्डारी साक्षी

काठमाडौं । नेकपा एमालेभित्र विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार मध्यराति सहमति गराएको खुलेको छ ।

बुढानिलकण्ठमा कांग्रेस सभापति देउवालाई भेटेर सिधै शितलनिवास हानिएका वरिष्ठ नेता नेपाल र राष्ट्रपति भण्डारीबीच छलफल भैरहेकै समयमा अध्यक्ष ओली पुगेका थिए । नेता नेपालसँग रातको १२ बजेसम्म छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार ओली र नेपालबीच भद्र सहमति भएको छ । भद्र सहमति राष्ट्रपति साक्षी बसेको बताइएको छ । तर सहमति बारे दुवै तर्फबाट नेताहरूले मुख खोलेका छैनन् । स्रोतका अनुसार अध्यक्ष ओली फागुन २८ गतेको निर्णय सच्चाउन सहमत भएका छन् ।

यससँगै नेमालेको विवाद बिहिबार मध्यरातिबाट नयाँ घटनाक्रमतर्फ अघि बधेक्लो बताइएको छ । राष्ट्रपति भण्डारीले ओली र नेपालसँग बिहिबार नै अलग अलग छलफल गरेकी थिइन् । यसअघि राष्ट्रपतिले पटकपटक बोलाउँदा पनि शीतलनिवास नगएका नेता नेपाल बिहिबार साँझ एक्लै शितलनिवास पुगेका थिए ।