ललितपुरका सीडीओ निरौलालाई  कोरोना संक्रमण पुष्टि

ललितपुरका सीडीओ निरौलालाई  कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीन दिनअघि गरिएको परीक्षणमा आफूलाई संक्रमण देखिएको निरौलाले जानकारी दिएका छन्‌। 

सामान्य लक्षण देखिएपछि परीक्षण गराइएको र अहिले अवस्था सामान्य रहेको निरौलाले बताए। उनले भने, ‘निषेधाज्ञा जारी भएपछि कार्यालयमा पास लिन आउनेको भीड भयो, सायद त्यहीँबाट मलाई संक्रमण भयो होला !’

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएकाले आवश्यक समन्वय गर्नुपर्ने हुँदा आफू क्वार्टरमै आइसोलेसनमा बसेको र प्रविधिको प्रयोग गरी निरन्तर काममा लागिरहेको उनले जानकारी दिए।