प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, सीसीएमसीको सिफारिसबारे निर्णय लिइने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, सीसीएमसीको सिफारिसबारे निर्णय लिइने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज ४ बजेका लागि बोलाइएको छ ।

आजको बैठकका ऐजेण्डा नखुलाइएपनि कोरोना रोकथामका लागि सीसीएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आइतबार बैठक बोलाएका हुन ।

आजको बैठकमा सीसीएमसीको सिफारिस र कोरोना महामारी रोकथामको विषयमा छलफल केन्द्रीत हुने एक मन्त्रीले बताए । सीसीएमसीले निषेधाज्ञा थप कडा पर्न र हवाई उडान पनि रोक्न सिफारिस गरेको बताइन्छ ।