काठमाडौं उपत्यकामा मात्रै १ हजार ५६१ संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्रै १ हजार ५६१ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ जनामा गरी कुल १ हजार ५६१  जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।