धनगढी । कैलाली र कञ्चनपुरमा बिहीबार एकै दिन ९ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। दिउसो तीन बजे सम्ममा कैलालीमा ६ र कञ्चनपुरमा तीन जना संक्रमितको मृत्यु भएको हो।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। यस्तै लम्कीचुहा(४ सगुनियाका एक संक्रमितको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै घोडाघोडी–१० का ६० वर्षीय पुरुष र घोडाघोडी –१२ का २८ वर्षीय युवकको मृत्यु भएको छ। त्यस्तै, घरमै आइसोलेसनमा बसेकी गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको समेत मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
योसहित पछिल्लो २४ घण्टामा कैलालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। उता कञ्चनपुरमा एकै दिन तीन जना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० वर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
संक्रमितको संख्या १५ हजार नाघ्यो