काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले आफ्ना अधिकांश माग पूरा गरेको बताएको छ। सरकारले मधेश आन्दोलनलगायत विषयसँग सम्बन्धित मुद्दा फिर्ता लिने निर्णय गरेसँगै जसपाका नेताहरुले त्यसलाई सकारात्मक भएको’ प्रतिक्रिया दिएका छन्।
सरकारले मधेश आन्दोलन लगायतसँग सम्बन्धित १२० जना प्रतिवादीविरुद्धका १५ मुद्दा फिर्ता लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले त्यसलाई 'सकारात्मक भएको' प्रतिक्रिया दिएका छन्। माग सम्बोधनपछि केपी ओली सरकारलाई सहयोग गर्न सकिने जसपाको भनाइ छ। नेकपा एमालेका नेता सुवास नेम्बाङले भने जसपासँग सत्तासमीकरणका विषयमा कुनै सहमति नभएको बताए।
‘उहाँहरुको मागप्रति सरकार गम्भीर रुपमा लागेको छ,’ उनले भने, ‘अधिकांश माग सम्बोधन गर्ने सहमति भए पति सत्ताको विषयमा कुनै कुरा भएको छैन।’ उसले उठाएका अधिकांश माग अदालतसँग सम्बन्धित छन्। उनीहरुको माग सम्बोधनमा सरकार सकारात्मक छ। केही माग केही पूरा भएको बताउँदै नेता नेम्बाङले भने, ‘केही माग अदालती प्रक्रियाका कारण ढिला भएका छन् ती पनि प्रक्रियागत रुपमा पूरा हुन्छन्।’
रेशम चौधरीको मुद्दा र मधेश आन्दोलनको मुद्दालाई जसपाले मुख्य माग बनाएको छ। ‘नागरिकता विधेयकदेखि संविधन संशोधनका माग समेत उहाँहरुको छ,’ उनले भने। जसपा सरकारमा सहभागी हुने कुरालाई भने उनले पार्टीको आशनतरिक कुरा भएकाले छिट्टै निर्णय हुने बताए। ‘अहिले कुनै सहमति भएको छैन,’ उहाँहरुको माग सम्बोधन भएपछि सरकारमा आउन सक्नुहुन्छ।’ जसपाले भने सरकारले निर्याय नगरे विकल्प खोज्ने धारणा सार्वजनिक गरेको छ।