प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्यअवस्था

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्यअवस्था

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ । सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । 

बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।