काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
जसअनुसार बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ।
यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ।
सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको थियो ।