प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, लकडाउनबारे निर्णय लिइने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, लकडाउनबारे निर्णय लिइने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । यसििवषयमा आजको बैठकले निर्णय लिनेछ ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।  यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।