केपी ओलीले बोलाए आकस्मिक बैठक

केपी ओलीले बोलाए आकस्मिक बैठक

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यसअघि शुक्रबारको बैठकले नेताहरूको कार्यविभाजन गरेको थिय‍ो । सोही बैठकले स्थायी कमिटी पनि विस्तार गरेको थियो ।

एमालेको कार्यालय सचिव ईश्वरी रिजालले बैठक बस्न लागेको जानकारी दिए । एमालेका नेता शेरबहादुर तामाङले आज विहान १० बजेका लागि बैठक बोलाइएको बताए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनका बारेमा छलफल हुने छ ।

वैशाख ६ गतेको बैठकले माधव नेपाल पक्षका २७ जना संघीय सांसद र कर्णाली प्रदेशसभाका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनीहरूमाथि स्पष्टिकरण पनि सोधिइसकेको छ ।