पूर्वराजा शाह दम्पती भारत प्रस्थान

पूर्वराजा शाह दम्पती भारत प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नी कोमल राज्यलक्ष्मीसाथ शाह बिहीबार नेपाल एयरलाइन्सको जहाज चढेर भारत गएका हुन्। विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११:०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्। 

पूर्वराजाको स्वकीय सचिवालयले यसअघि नै उनी भारत जाने तय भएको बताइसकेको थियो। शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएका हुन्। 

महाकुम्भ मेला आयोजक समितिले पूर्वराजा(रानीलाई विशेष आमन्त्रण गरेको सचिवालयले जनाएको छ। त्यहाँको कुम्भमेलामा पूर्वराजा शाहलाई प्रमुख अतिथि बनाइने अनौपचारिक जानकारी आएको छ।