एटीएम ह्याक गरी पैसा झिक्ने सात चिनियाँ नागरिक थुनामा, तीन नेपालीलाई धरौटीमा रिहा गर्न आदेश

एटीएम ह्याक गरी पैसा झिक्ने सात चिनियाँ नागरिक थुनामा, तीन नेपालीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौंः नेपालका विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी रकम झिक्ने सात चिनियाँ नागरिकलाई पुर्पक्षका क्रममा थुनामा राख्न उच्च अदालत पाटने आदेश गरेको छ। न्यायाधीशहरु रामप्रसाद ओली र किरण पौडेलको इजलासले चोरीमा संलग्न सात चिनियाँ नागरिकलाई थुनामा राख्न आदेश दिएको हो।

अदालतले तीन नेपालीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।

उच्च अदालत पाटनको वाणिज्य इजलासले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग समेत सात जनालाई थुनामा पठाएको हो।

नेपाली नागरिकहरु रोशन श्रेष्ठ, रेवती दुवाडी र देवनाथ लामिछानेलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको हो। लामिछानेलाई ३० लाख तथा श्रेष्ठ र दुवाडीसँग २६ लाख रुपैयाँ धरौटी माग भएको छ।

एटीएम चोरीको घटनामा संलग्न रहेको अभियोगमा सात चिनियाँ नागरिक समेत विपक्ष बनाई कात्तिक १५ गते मुद्दा दायर गरिएको थियो।