काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँले भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको बताउनुभयो । ‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ ।
त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन’ । नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको बताउनुभयो ।