सरकारमा सहभागी हुन  जसपाले राख्यो यस्तो शर्त

सरकारमा सहभागी हुन  जसपाले राख्यो यस्तो शर्त

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेको छ । नेकपाको कार्यालय पेरिसडाँडास्थित कार्यालयमा भएको छलफलमा संसदमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

छलफलमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए । प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध एकै ठाँउमा उभिएकाले संसदमा पनि सहकार्य गर्न नेकपाले जसपालाई प्रस्ताव गरेको छ । अब नयाँ बन्ने सरकारमा सहभागी हुन जसपालाई नेकपाले प्रस्ताव गरेका छन् ।

जसपाले भने संविधानमा रहेका आफ्ना असहमति सम्बोधन गर्ने सर्तमा नेकपाको दाहाल-नेपाल समूहसँग कार्यगत एकता हुनसक्ने आश्वासन दिएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि दाहाल-नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीब्र पारेको छ । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद छन् । तिमध्ये दुई जना निलम्बनमा रहेका छन् ।