प्रचण्ड र वामदेवबीच आज बिहानै एक घण्टा छलफल, के भयो कुराकानी ?

प्रचण्ड र वामदेवबीच आज बिहानै एक घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडाैं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले आज (बिहीबार) बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि दुई समूहमा विभाजित नेकपाका कुनै समूहमा नलागी एकतामा जोड दिइरहेका नेता गौतम आज बिहान प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास पुगेका हुन्।

स्रोतका अनुसार आज बिहान ७ बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका हुन्। छलफलमा अबको कार्यदिशाबारे कुराकानी भएको बुझिएको छ । गौतमाले आफू पार्टी एक बनाउन प्रयास गर्ने रपार्टी फुट्ने अवस्थामा तपाइहरुकै कित्तामा उभिने बचन प्रचण्डलाई दिएको सेतले बतायो

नेता गौतमले हिजो (बुधबार) मात्र विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनाम दिन तथा उनी र प्रचण्ड दुवै अध्यक्षलाई धुम्बाराहीमा पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।