ओली समूहको स्थायी कमिटी बैठक स्थगित

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ । आज स्थायी कमिटी बैठक बोलाइएको थियो । केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए ।

यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।

आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।