काठमाडौं नछाड्न सांसदहरुलाई प्रचण्ड–माधव नेपालको निर्देशन

काठमाडौं नछाड्न सांसदहरुलाई प्रचण्ड–माधव नेपालको निर्देशन

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौं उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन् । 

८० जना सहभागी आजको बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल आउन पनि निर्देशन दिइएको छ । सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका प्रचण्ड–नेपाल आज बिहान काठमाडौं आएका थिए ।

प्रधानमन्त्रीबाट केपी शर्मा अ‍ोलीलाई हटाउन प्रचण्ड–नेपालले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । उनीहरुले आज दिउँसो काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।