ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार

ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार

काठमाडौं । केपी  ओली प्रधानमन्त्री पदबाट राजीनामा गर्न तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । 

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

बिहीबारको स्थायी कमिटी बैठकले ओलीको राजीनामा दिने निर्णय गर्ने तयारी भएको स्रोतको दाबी छ ।