प्रधानमन्त्री र प्रधान सेनापतिबीच अलग्गै छलफल

प्रधानमन्त्री र प्रधान सेनापतिबीच अलग्गै छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्‍ बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच गोप्य छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच एकघण्टा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिएको बुझिएको छ ।

त्यस्तै प्रतिबन्धित चन्द नेतृत्वको नेकपाको गतिविधीका बारेमा पनि जानकारी लिएको बताइएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको फैसला आउने अवस्था रहेको बेला प्रधानमन्त्री ओलीले सुरक्षा अवस्था बारे जानकारी लिएका हुन् ।