सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छः प्रचण्ड

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छः प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए ।

अहिले आफूहरु रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’