प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छः सुवास नेम्वाङ

प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छः सुवास नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट सदर हुनेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन मुद्दामा आफूले धारणा नराख्ने भन्दै नेम्वाङ भने ‘म बोल्दिनँ, सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ । लोकतन्त्रमा जनताको बीचमा नगएर कहाँ जाने ? प्रधानमन्त्री सयमा दुई सय प्रतिशत विश्वस्त हुनुपर्छ । प्रधानमन्त्रीमाथि मलाई साह्रै विश्वास छ ।’

ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चले फैसला गरेको भोलिपल्ट सबै दलले निर्वाचनमा होमिने निर्णय गर्ने बताए । उनले निर्वाचनको तयारीमा लाग्न आह्वानसमेत गरे । 

सरकारलाई काम गर्नै नदिएका कारण प्रतिनिधिसभा विघटन भएको उनको दाबी छ । एमसीसी पारित गर्न नदिइनु त्यसको उदाहरण भएको उनले बताए ।