नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ

नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन्।

शपथग्रहणसमारोहमा प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए भने उपपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने अनुपस्थित थिए।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन्।