प्रदेश नं २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

प्रदेश नं २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई  प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।