काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुलाई शुक्रबार केन्द्रीय कार्यालय भेला हुन भनी अकस्मात बोलाइएको छ। केन्द्रीय कार्यालयबाट बिहीबार साँझ सबै केन्द्रीय सदस्यहरुलाई एसएमएस सन्देश पठाई शुक्रबार १२ बजेभित्र आफ्नो नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको छ।
काठमाडौंबाहिर बिभिन्न जिल्ला पुगेका सदस्यहरुलाई पनि भोलि शुक्रबार अनिवार्यरुपमा काठमाडौं आइपुग्न भनिएको छ। ‘सबै केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,’ एक केन्द्रीय सदस्यले भने ।
केन्द्रीय सदस्यलाई राजधानी बोलाउनुको प्रयोजन खुलाइएको छैन।
‘सक्कल नागिरकतासहित उपस्थित हुनु भन्ने जानकारी आएको छ। विवरण हेर्दा निर्वाचन आयोगको प्रयोजनका लागि बोलाइएको हुनसक्ने देखिन्छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर के कारणले बोलाइएको हो खुलाइएको छैन।’
प्रचण्ड–नेपाल पक्षले माघ २० गते निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजित भएको भन्दै नेकपाको नाम, झण्डा र चुनाव चिन्हमा दावी गर्दै निवेदन दिएका थिए। तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन।