काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आइतबार अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा अर्को चरणको कार्यक्रम घोषणा हुने एक नेताले जानकारी दिए ।