आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ, फेरि मर्न तयार छु : प्रचण्ड

आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ, फेरि मर्न तयार छु : प्रचण्ड

काठमाडाैं । आन्दोलनतर नेकपा अध्यक्ष प्रचण्डले आफ्नै आँखा अगाडि सहिदका सपना कुल्चिने प्रयास भएको टुलुटुलु हेर्न नसक्ने बताएका छन्।

जनयुद्ध दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पनि युद्धबाट थोरैले बाँचेको उल्लेख गर्दै सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताएका हुन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्र तथा तिनका सपना कुल्चिने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले त्यसविरुद्ध फेरि पनि आफू मर्न तयार रहेको चेतावनी दिए।