झलनाथ खनाल उपचारको लागि दिल्ली प्रस्थान, के भएको छ उनलाई ?

झलनाथ खनाल उपचारको लागि दिल्ली प्रस्थान, के भएको छ उनलाई ?

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका  छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्।

खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ। ४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको  जानकारी दिए।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’

केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ। खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।