रिहा भइन् रामकुमारी झाँक्री, भनिन्-'ओली सरकारको पतन निश्श्चित छ'

रिहा भइन् रामकुमारी झाँक्री, भनिन्-'ओली सरकारको पतन निश्श्चित छ'

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छिन्। महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। नेत्री झाँक्रीलाई रिहा गर्न चौतर्फी दबाब बढेको थियो।

श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ। झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन् ।

उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । रिहापछि झाँक्रीले ओली सरकारको पतन निश्श्चित रहेको बताइन् ।