लामो समयपछि एकाएक प्रधानमन्त्री ओली पुगे सिंहदरबार

लामो समयपछि एकाएक प्रधानमन्त्री ओली पुगे सिंहदरबार

काठमाडौं । पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार सिंहदवार पुगेका छन् । लामो समयपछि प्रधानमन्त्री ओली सिंहदरबार आएका हुन् ।

ओलीलाई प्रधानमन्त्री कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । २०७२ सालको भूकम्पका कारण क्षति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


प्रधानमन्त्री कार्यालयको भवनलाई सवलीकरण गरिएको छ ।