प्रधानमन्त्रीको मतियार बनेपछि राष्ट्रपतिमाथि प्रश्‍न उठ्नु स्वाभाविक होः रामकुमारी झाँक्री

प्रधानमन्त्रीको मतियार बनेपछि राष्ट्रपतिमाथि प्रश्‍न उठ्नु स्वाभाविक होः रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारको हिसाबले काम गरेपछि प्रश्न उठ्नु स्वाभाविक भएको बताएकी छन्।  गोरखाको भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिमाथि दिएको अभिव्यक्तिलाई छानविन गर्नका लागि प्रहरी लिन उनको निवासमै पुगेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्। 

‘उहाँ (राष्ट्रपति)ले प्रधानमन्त्रीको कदमको मतियारको हिसाबले काम गर्नुभएको छ। त्यसैले प्रश्न उठ्छ। त्यो स्वभाविक कुरा हो’ उनले भनिन्, ‘राज्यले मान्छेलाई विना कारण पक्राउ गरेर गरेर २४ घण्टामा हिरासतमा राख्न पाउँछ।’ 

अहिलेको परिस्थिती राजनीतिक मुद्‍दामा भएकाले पुर्जीसहित जान आएमा जान तयार भएको बताइन्। ‘कानुनी मुद्‍दा होइन। हामी सरकारको कदमविरुद्ध लडिरहेका छौँ। उहाँहरू सादा पोसाकमा बाहिर आउनुभएको छ। तर, यहाँसम्म आउनुभएको छैन’ उनले भनिन्, ‘लोकतन्त्रका उपहास हो। हामी पनि हाम्रो अभिव्यक्तिमा उत्तरदायी हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले पनि संसदको उत्तरदायी बहन नगरेको बताइन्। ‘मैले गोरखामा मात्रै नभएर गोरखापछि सिन्धुली बाग्लुङ हुँदै हिजो यहाँसम्म आफ्नो अभिव्यक्ति दिइसकेको छु’ उनले भनिन्, ‘तानाशाह ढल्ने बेलामा यस्तै हुन्छ। कमिलाको पनि प्वाँख आउँछ।’