रामकुमारीको घरबाहिर प्रहरी र युवा विद्यार्थीबीच झडप

रामकुमारीको घरबाहिर प्रहरी र युवा विद्यार्थीबीच झडप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन् ।

झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गर्न खोज्दा झडप पनि भएको छ । 

झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन् ।