रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ । यसअघि प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई प्रहरीले बोलाएलगत्तै पक्राउ नै गर्न घरमै पुगेपछि झाँक्रीले घरमै पक्रकार सम्मेलन गरेकी छिन् ।

विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले पक्राउ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए । 

नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । 

ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेत्री झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु रु म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो रु त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने सांसदहरूमध्ये नेत्री झाँक्री पनि एक हुन् । रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ । नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग ९महिलारपुरुष० नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् ।