ओलीका दुई जना मन्त्री फर्किनलाई मसँग वार्ता गरिरहेका छन् : प्रचण्ड

ओलीका दुई जना मन्त्री फर्किनलाई मसँग वार्ता गरिरहेका छन् : प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारमा सहभागी दुई जना मन्त्री पार्टीमा फर्किन आफूसँग वार्ता गरिरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'केपी ओलीतिर गएका मान्छेको  फर्किनेहरूको लाम लागेको छ । सरकारमा रहेका दुई जना मन्त्री पनि पार्टीमा फर्किनलाई मसँग वार्ता गरिरहेका छन् ।' 

उनले तत्काल राजीनामा दिएर प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेर वक्तव्य निकाल्न पनि सुझाव दिए । 'ओलीजीलाई आग्रह गर्छु, तरून्तै राजीनामा दिनुस् र प्रतिनिधिसभा विघटन गरेर गल्ती गरे भनेर वक्तव्य निकाल्नुस्', उनले भने, 'तर, ओली अझै मुर्खता गर्नेमा हुनुहुन्छ, अझै निरंकुश बन्दै हुनुहुन्छ ।'

प्रचण्डले ओली जनतालाई छोडेर पशुपतिनाथको शरणमा पुगेको बताए । 'जनतालाई धोका दिएर उहाँ भगवानको शरणमा जानुभयो,' उनले भने, 'हाम्रो भगवान नेपाली जनता हुन् । हामी जनताको शरणमा छौँ ।'