प्रचण्ड-नेपाल पक्षको आज काठमाडौंमा विरोध प्रदर्शन, विभिन्न क्षेत्रलाई तोकिए कमाण्डर

प्रचण्ड-नेपाल पक्षको आज काठमाडौंमा विरोध प्रदर्शन, विभिन्न क्षेत्रलाई तोकिए कमाण्डर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा गर्ने बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा कमाण्डर तोकेको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास समेत गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षले आजको प्रदर्शन तथा जुलुसहरू निस्किने स्थानमा पार्टीका केन्द्रीय नेताहरूलाई कमाण्डर तोकेको छ । आज काठमाडौँका विभिन्न ५ ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड-नेपाल पक्षले गरेको छ । जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा  बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ । त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् ।

त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् । त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड(नेपाल पक्षले जानकारी गराएको छ ।

त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।