निर्वाचन आयोगबाट एकाएक किन  राष्ट्रपति कार्यालय पुगे प्रधानमन्त्री ?

निर्वाचन आयोगबाट एकाएक किन  राष्ट्रपति कार्यालय पुगे प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार दिउँसो भेट भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली  निर्वाचन आयोगको कार्यालयबाट  सोझै शितल निवास गएका थिए।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते  ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले आजै कान्तिपथमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएका थिए।