नारायणहिटी अगाडि ३५ हजार मानिस पनि सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसके: प्रचण्ड

नारायणहिटी अगाडि ३५ हजार मानिस पनि सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसके: प्रचण्ड

काठमाडौ । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले आफुहरुको लडाइँबारे अफवाह फैलाइरहेको बताए । 

उनले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको बताए । त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले नारायणहिटी अघि भएको सभा पञ्चर्यालीको पुनरावृत्ति भएको बताए । उनले संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लडाई भएको र त्यसैका लागि आफुहरु जनतामाझ गएको जिकिर गरे ।

कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलव्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले आफुहरु संघर्षमा जानु परेको धारणा राखेका थिए ।