काठमाडौं । सरकारले काठमाडौंमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने भएको छ ।
नेकपा प्रचण्ड–माधव समूहको बन्दका क्रममा बिहीबार काठमाडौंको सामाखुसीमा ट्याक्सी जलाइएको थियो ।
काठमाडौंमा शुक्रबार भएको नेकपाको जनसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलाइएको ट्याक्सीका चालक र अन्य क्षतिको सरकारले क्षतिपूर्ति दिने जानकारी दिए ।