मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिनेछः गृहमन्त्री थापा

मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिनेछः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनअन्दोलन सुरू भएको बताएका छन्। शुक्रबार नारायणहिटी संग्रहालय अगाडि आयोजित ओली नेतृत्वको नेकपाको आमशभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भएको स्पष्ट गरेको बताए।

राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतिक सत्ता भएको भन्दै उनले  आज यो राजनीतिक असाधारण स्थिति सत्ता प्राप्तिका लागि भएको बताए। ‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ,’ उनले भने, ‘समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।’

थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’गृहमन्त्री थापाको भनाइ छ ।

उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । उनले यो असामान्य परिस्थिति राजनितिक नेतृत्वको प्रश्नसँग जोडिएको दोहोर्‍याए।