एमसीसीविरुद्धको नारा किन रोके प्रचण्डले ? दिए यस्तो जवाफ

एमसीसीविरुद्धको नारा किन रोके प्रचण्डले ? दिए यस्तो जवाफ

काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्। यसैकारण आफूले हिजो आयोजित आमहतडतालमा एमसीसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए।

आज बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन। यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें।’

उनले अगाडि भने, ‘केन्द्रीय संघर्ष समितिको नारा पनि थिएन त्यो। मलाई को घुस्यो भन्नेजस्तो पर्‍यो। म एमसीसीको विरुद्ध गएको छैन। बरु मैले अमेरिकी राजदूतलाइ पनि यो संशोधन हुन सक्छ कि सक्तैन भनेर सोधेको थिएँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुन्डाराज’विरुद्ध जनताले स्वतःस्फूर्त रूपमा बन्द ९बिहीबारको आमहडताल० गराएको दाबी पनि प्रचण्डले गरे।