काठमाडौं । प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले सडकमै खाना खाएका छन्। बिहीबार कोटेश्वरमा बिहानैदेखि जम्मा भएका बन्दकर्ताले सडकमै खाना खाएका हुन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड(नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि आज हड्ताल आयोजना गरेको हो।
उक्त समूहको आम हड्तालले नागरिकको जीवन प्रभावित भएको छ। राजधानी काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ।
राजधानीमा सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन्। केही खाद्यान्न किराना पसल पनि खुलेका छन्।