प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा

प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै  भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ ।

आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा भोलि नेपाल बन्द गरिएको जानकारी दिए ।