संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विषयमा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेता पार्टी कार्यालयमा छलफलमा

संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विषयमा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेता पार्टी कार्यालयमा छलफलमा

काठमाडौं । संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विषयलाई लिएर माघ २२ गते बिहीवार आम हड्तालको घोषणा गरेको नेकपा प्रचण्ड– माधव नेपाल समूहका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भेला भएका छन् । 

संवैधानिक आयोगहरूका भएको नियुक्तिको विरोधमा आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्न नेकपाले २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनभन्दा अगाडि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पार्टी कार्यालयमा भेला भएर छलफल गर्दैछन् । 

प्रतिनिधि सभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले यसअघिका कार्यक्रमलाई परिमार्जन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।