काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता डा शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका महोत्तरीका यादव मंगलबार केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई प्रधानमन्त्री ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । डा यादव पार्टी प्रवेश गर्दा उप प्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत पनि उपस्थित थिए ।
यादवले मुलुकलाई अस्थिरतामा थकेल्ने खेल भइरहेको भन्दै जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू ओली नेतृत्वको नेकपामा प्रवेश गरेको बताए । उनले आफु पहिले पनि एमालेमै रहेको बताए ।
प्रभावशाली नेता डा। यादव ओली समूहमा प्रवेश गरेपछि जसपालाई ठुलै झट्का लागेको छ । २०६३ को मधेस आन्दोलनपछि मधेसी जन अधिकार फोरममा आवद्ध भएका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए ।