कांग्रेस उम्मेदवार पौडेलको प्रश्न: अमेरिकामा ट्रम्पले जित्छन् भने थियो र ?

कांग्रेस उम्मेदवार पौडेलको प्रश्न: अमेरिकामा ट्रम्पले जित्छन् भने थियो र ?

पोखरा : कास्की क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उमेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुने एक मात्र क्षेत्र कास्की २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

साना दलहरु पनि चुनावी मैदानमा छन् ।उमेद्वारी दर्ता गराएपछि संचारकर्मीसंग कुरा कांग्रेस उम्मेदवार पौडेलले भने नेकपाले आफ्नो बाचा पूरा नगरेकाले जनताले यो पटक आफूलाई चुन्ने बताए । पटक-पटक कांग्रेस हारेको क्षेत्र हो, जितको आधार के भन्ने प्रश्नमा उनले भने, ‘कहिले कसले जित्छ, कहिले कसले ।

अमेरिकामा ट्रम्पले जित्छन् भने थियो र ?’यो क्षेत्रमा तीन पटक चुनाव जितेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपचुनाव हुन लागेको हो । नेकपाका उम्मेदवार भट्टराई, भट्टराई पत्नीसमेत हुन् ।