प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक, देउवा र सापकोटाले बैठक बहिस्कार गर्ने !

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक, देउवा र सापकोटाले बैठक बहिस्कार गर्ने !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

यसअघिको बैठकबाट संवैधानिक निकायमा गरिएका ३८ नियुक्ति विवादमै रहेका बेला प्रधानमन्त्री ओलीले फेरी परिषदको बैठक बोलाएका हुन् ।

यसअघिको बैठकका सिफारिसलाई सभामुख अग्निप्रसाद  सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ । सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए । उनीहरुले भोलिको बैठक पनि बहिस्कार गर्ने तयारीमा रहेको स्रोतले बतायो । 

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । परिषदले गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो । सो निर्णय पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि संसद सचिवालय पठाइएको थियो ।