प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

धर्ना कार्यक्रमलाई समबोधन गर्दै सुरेन्द्र पाण्डे र पम्फा भुषलले ओलीलाई घुण टेकाएरै छोड्ने बताएका थिए । 

धर्ना कार्यक्रम २४ गतेसम्म जारी रहने बताएपनि अन्य कार्यक्रममा व्यस्थ हुनुपर्ने भएकोलो सो धर्ना कार्यक्रम आजै समापन गरिएको थियो ।