प्रचण्डलाई वामदेवको फोनः 'ओलीविरुद्धको आन्दोलनमा म पनि सहभागी हुन्छु'

प्रचण्डलाई वामदेवको फोनः 'ओलीविरुद्धको आन्दोलनमा म पनि सहभागी हुन्छु'

काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले छिट्टै नेकपाका नेता वामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने दावी गरेका छन् ।

शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँगको टेलिफोन सम्पर्कमा कुरा हुँदा उनले छिट्टै प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध सडकमा जारी आन्दोलनमा सहभागिता जनाउने बताएको प्रचण्डले जानकारी दिए ।