‘माडीलाई मणि बनाउँछु भनेको, चुनाव जितेका मान्छे कुहिएको आलु परे’

‘माडीलाई मणि बनाउँछु भनेको, चुनाव जितेका मान्छे कुहिएको आलु परे’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीलाई मणि बनाउँछु भनेर भाषण गरे पनि चुनाव जितेको व्यक्ति कुहिएको आलु बनेको टिप्पणी गरेका छन् । ओलीको आरोप नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित थियो ।

‘चुनावको बेला माडीमा गएर मणि बनाउँछु भनेको थिएँ, मणि बनाउन जिताएको कुहिएको आलु बनेछ,’ शनिवार चितवनमा आयोजित जनसभामा ओलीले भने । 

प्रधानमन्त्री ओलीले चितवनमा सरकारले विकास निर्माणको अभियान शुरू गर्दा वक्तव्य निकालेर विरोध जनाइएको भन्दै आपत्ति जनाए । ‘इतिहासमै पहिलोपल्ट २ हजार क्षमताको सभाहल शिलान्यास गरेर सडक चौडा गर्दा किन पीर परेको रु हिजो वक्तव्य नै निकालेको सुनियो । हामीले १ अर्ब २० करोड दिने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने रु’ ओलीले भने, ‘यहाँ नारायणी नदीमा आकर्षक सिग्नेचर पुल बन्दैछ, सुन्दाखेरी उहाँहरूलाई पीर पर्ला कि भन्ने लाग्छ ।’

ओलीले चितवनबाट निर्वाचित भएको सांसद भए पनि प्रचण्डले अयोध्यापुरीमा राम जन्मेको भनेर एक शब्द बोल्न नसकेको टिप्पणी गरे । ‘यहीँबाट चुनिएका सांसद अयोध्यापुरीमा राम जन्मिएका भनेर चुइँक्क बोल्दैनन्, बोल्न कसको डर रु बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयुरको प्वाँख लाउँदैमा अर्को चरो मयुर हुँदैन,’ ओलीले भने, ‘अयोध्यापुरीमा राख्न रामको भव्य प्रतिमूर्ति तयार भइरहेको छ । अर्को सालको रामनवमीमा प्राण प्रतिष्ठा गर्नेछौं । त्यसको अर्थ के हो रु अयोध्यापुरी विश्वका संस्कृतिविद्हरूको गन्तव्यस्थान हुनेछ । धेरै तीर्थालुको गन्तव्यस्थल हुनेछ ।’