नेकपाको आधिकारिकता विवाद टुंगो लागिसक्योः नेम्वाङ

नेकपाको आधिकारिकता विवाद टुंगो लागिसक्योः नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता सुवास चन्द्र नेम्वाङले निर्वाचन आयोगमा आधिकारिकताको विवाद टुंगो लागेको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले नेकपाको आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको बताएका छन् । 

उनले आयोग अब दल दर्ताको प्रक्रियामा जानुपर्ने र निर्वाचनबाट सबै टुंगो लाग्ने  विश्वास व्यक्त गरेका छन् ।‘निर्वाचन आयोगले आधिकारिताबारे टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ,’ उनले भने ।

उनले आयोगलाई दल दर्ताको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको जानकारी दिए । उनले अदालतले अन्यथा आदेश नगरेको खण्डमा तोकिएको समयमा निर्वाचन गर्न आफूहरु प्रतिबद्ध रहेको जवाफ पाएको जानकारी दिए ।

यता प्रचण्ड–नेपाल समूहले आयोगले बोलाएको छलफलमा १८ गतेपछि मात्रै सहभागी हुनसक्ने जवाफ दिएको छ ।